जनता समाजवादी पार्टीको यूवा संघको नगर अध्यक्षमा कविन्द्र ऐर
धनगढी,३ मंसिर । जनता समाजवादी पार्टी कैलालीले धनगढी उपमहानगरपालिका स्तरीय यूवा संघको तदर्थ समिति गठन गरेको छ । बुधबार धनगढीमा भएको एक भेलाले कबिन्द्र ऐरलाई अध्यक्षमा चयन गरको हो ।
समितिको सह–अध्यक्ष तथा इन्चार्ज निर शाही, उपाध्यक्षमा क्रिस जैरु, विपि सिंह, मनिषा नेपाली रहेका छन् । यस्तै समितिको कोषाध्यक्षमा सिता विक, सचिवामा सइद कुरैसी, सह–सचिव दिपिका परियार रहेका छन् ।
जनता समाजवादी पार्टीको केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सभा सदस्य मालामति रानाको प्रमुख आतिथ्यतामा पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य कृष्ण बहादुर चौधरी, केन्द्रीय सदस्य तथा सविधान सभा सदस्य कृष्णकुमार चौधरी अतिथि रहेका थिए । कार्यक्रममा करिव ४ सय जना पार्टी प्रवेश गरेका थिए ।













