मदिराले मात्तिएका श्रीमानद्धारा श्रीमतीको हत्या

डडेल्धुरा, २ मंसिर । डडेल्धुराको परशुराम नगरपालिका–७ साँदनीमा सोमबार राती अत्यधिक मदिरा सेवन गरी एक जनाले आफ्नै श्रीमतीको हत्या भएको खुलासा भएको छ ।

इलाका प्रहरी कार्यालय जोगबुडाका अनुसार सोमबार राती ४५ बर्षीय करन पुन मगरले अत्याधिक मदिरा सेवन गरेर ४० बर्षीया श्रीमती पार्वती पुन मगरको हत्या गरेका हुन् ।

भाईटिकाको दिन माईती पुगेर दाजुभाईलाई टिका लगाएर घर फर्केकी मृतक पुनमगरसँग अत्याधिक मदिरा सेवन गरेका श्रीमानको समान्य विवाद भएको र विवादका क्रममा कुटपिट भएको बताइएकाृ छ ।

कुटपिटहुँदा मृतक पुनमगर घरको भित्तामा टाउको ठोक्किएर श्रीमतीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक रमेश अवस्थीले जानकारी दिए ।

घटनापछि मंगलबार बिहान सिमा प्रहरी चौकी तातापानी र इलाका प्रहरी कार्यालय जोगबुडाबाट खटिएको प्रहरी टोलीले श्रीमतीको हत्यामा संलग्न पुन मगरलाई नियन्त्रणमा लिइसकेको र शवको पोष्टमार्टमका लागि जोगबुडा अस्पताल पुगाइएको प्रहरी निरिक्षक अवस्थीले जानकारी दिए ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको र हत्यामा संलग्न पुनमगरलाई कर्तव्य ज्यान मुद्दामा कारवाही अघि बढाइने प्रहरीले जनाएको छ ।