६ अर्ब बढी लगानीमा सुख्खा बन्दरगाह निर्माण हुने

कैलाली, २ मंसिर । कञ्चनपुरको महाकाली नगरपालिका–१ मा ६ अर्ब लगानीमा सुख्खा बन्दरगह निर्माण हुने भएको छ ।

सुख्खा बन्दरगाहको निर्माणका लागि प्राविधिक टोलीले अध्ययन समेत गरिसकेको छ । सुख्खा बन्दरगाहसँगै अन्तरदेशीय व्यापरिक केन्द्रसमेत स्थापना हुने प्राविधिक मुल्यांकन भएको छ ।

उद्योग बाणिज्य मन्त्रालयका सचिब गोविन्द अर्यालका अनुसार सुख्खा बन्दरगह अन्तरदेशिय आर्थिक क्षेत्र निर्माणका लागि सीमा नाकासंग जोडिएको ९ वटा बस्ती मध्ये १०० घरधुरी व्यवस्थापन गर्नु पर्ने बताए । उनले सन २०१८ मा भएको सर्वे अनुसार सुख्खा बन्दरगह निर्माणका लागि ६ अर्ब भन्दा बढी रकम खर्च हुने अनुमान गरिएको बताए ।

उनले सुख्खा बन्दरगाहसँगै अन्तरदेशीय व्यापारिक केन्द्र बनेपछि यस क्षेत्रको विकास हुने अपेक्षा समेत गरिएको बताउदै केन्द्र स्थापना भएपछि भारतको गुजरातको मुन्द्र बन्दरगाहसंग सिधै सामान पठाउन र ल्याउन सक्ने सहज वातावरण हुने बताए ।

यही कात्तिक १६ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसहित प्राविधिक टोलीले कञ्चनपुरको महाकाली नगरपालिकामा बन्ने सुख्खा बन्दरगाहसँगै अन्तरदेशीय व्यापारिक केन्द्रको प्राविधिक मुल्यांकन सुरु गरेका हुन् ।

एउटा उत्तर र दुईवटा दक्षिणतिर सुख्खा बन्दगाहसित जोडेर यसलाई चेनका रुपमा विकास अघि बढाउने बताए । मन्त्री भट्टले सुख्खा वन्दरगाह, औद्योगिक कोरिडोर, एकीकृत जाँच चौकीलगायतका पूर्वाधारहरू निर्माण हुने वताए ।

‘कञ्चनपुरको दैजिक्षेला औद्योगिक क्षेत्र, अत्तरिया–धनगढी औद्योगिक कोरिडोर, हरैया विशेष आर्थिक क्षेत्र, डुडेझारी औद्योगिक क्षेत्र, बाँकेको नौबस्तामा औद्योगिक क्षेत्र निर्माण गरि सरकारले पूर्व–पश्चिम औद्योगिक चेनविकास गर्ने लक्ष्य लिएको छ ।’

कञ्चनपुरको महाकाली नगरपालिका– १ स्थित मायापुरी र शिवशंकर सामुुदायिक वन क्षेत्रमा स्थापना गर्ने विज्ञ टोलीको सुझाब थियो ।
अध्ययन टोलीसँगै पुगेका मन्त्री भट्टले सुख्खा बन्दरगाह निर्माणको काम द्रुत गतिमा अगाडी बढ्ने दाबी गरे । यसले सुदूरपश्चिम प्रदेशको विकासको ढोकासमेत खोलिने विश्वास दिलाए ।

यस अघि महाकाली नगरपालिकाकै कञ्जभोज स्थापना गर्ने योजना रहेकोमा कञ्चभोजमा सुख्खा बन्दरगाह बन्दा आफूहरु विस्थापित हुने भन्दै केही स्थानीयवासीले लामो समयदेखि विरोधसमेत जनाउँदै आएका थिए ।

दुबै संरचना स्थापनाको लागि ९ सयदेखि १ हजार विघा जमिन चाहिने भएकोले मायापुरी र शिवशंकर सामुुदायिक वन क्षेत्रको जमिन पर्यप्त रहेको टोलीको भनाई छ ।