सामाजिक विकासमन्त्री सुवेदीलाई कोरोना संक्रमण

धनगढी, २ मंसिर । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनको अवस्था सामान्य रहेका स्वकीय सचिव शेरबहादुर विष्टले जानकारी दिए ।

मन्त्री सुबेदी हाल होम आइसोलेसनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको विष्टले बताए। यसअघि मन्त्री सुवेदीका सचिबालयका २ जना र उन्का निजि सुरक्षा गार्ड मा पनि कोरोना संक्रमण देखिएको थियो ।