टीकापुर घटनाको छिटै नै टुङगो लगाउनु पर्ने पार्टीको धारणा : सभापति मनु

धनगढी,२६ कार्तिक । नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह ‘मनु’ले टीकापुर घटनाको छिटै नै टुङगो लगाउनु पर्ने पार्टीको धारणा रहेको बताएका छन् । थरुहटरथारुवान मोर्चाद्वारा तीन बुँदे मागसहित ज्ञापनपत्र बुझ्दै सभापति शाहले यस्तो बताएका हुन् ।

उनले २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनालाई राजनीतिक तवरले सुल्झाउनु पर्नेमा जोड दिए । सभापति शाहले भने, ‘नेपाली काँग्रेस २०७३ सालमा जिल्ला कमितिको बैठकबसी टीकापुर घटना राजनीतिक घटना रहेकोले राजनीतिक तवरले सुल्झाउनु पर्ने निर्णय गरेको थियो, त्यसपछि केही पहल पनि अगाडी बढेको थियो ।’

भदौ ८ गते टीकापुरमा भएको थारुहुरुहको घर, पसल, व्यापार, एफएममा आगजानी क्षति पुर्तिका लागि पहल भएको पनि सभापति शाहले बताए । गत बर्ष पनि टीकापुरमा मोर्चाद्वारा आयोजित कार्यक्रममा पार्टीको झबही बैठकले पानीको व्यवस्थापन गर्ने निर्णय गरेको उनले बताए । सांसद रेशम चौधरीको विषयमा पार्टी सम्वेदनशील रहेको भन्दै उनले टीकापुर घटनाको छिटै नै टुङगो लगाउनु पर्ने पार्टीको धारणा रहेको बताए ।

पूर्व सांसद कृष्णकुमार चौधरी नेपाली काँग्रेस उद्धारबादी र थारु समुदायप्रति जिम्मेवार रहेको भन्दै माग मुद्दालाई गम्भीर रुपमा लिदिन आग्रह गरेका थिए । मोर्चाका कैलाली संयोजक माधव चौधरीले सभापति शाहलाई तीन बुँदे मागसहित ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा नयाँ संविधानमा आफूहरुको पहिचान र अधिकार सुनिश्चितता गर्ने क्रममा २०७२ भदौ ७ गते टीकापुरमा भएको राजनीतिक दलहरुको आधिककारिक धारणा के हो रु यस्को सम्बन्धमा मोर्चा तथा आम कैलालीबासीलाई स्पष्ट गर्नु पर्ने, पहिचान र अधिकारका लागि भएको आन्दोलनको क्रममा भएको टीकापुर घटनालाई राजनीतिक तवरले समाधान गर्ने राजनीतिक दलका पहलकदमीका बारेमा जनतालाई जानकारी गराउनु पर्ने, २०७२ साल भदौ ८ गतेका दिन सम्प्रादायिक दंगा निम्तिने गरि थारुहरुको घर, पसल, व्यापार, एफएममा आगजानी तथा लुटपात गर्नेहरुको नाम कितानी जाहेरी भएपनि अपराधिहरुलाई प्रहरी प्रशासनले घटना भएको ५ वर्ष भएनि कानूनी दायरामा नल्याएको र पक्राउ गरि मुद्दा पनि नचलाएको प्रति यहाँका पार्टीहरुको अधिकारिक धारणा जनताहरुको अगाडी स्पष्ट रुपमा ल्याउनु पर्ने रहेको छ ।

मोर्चाले बुधबार नेपाली काँग्रेस, नेकपा, जसपा, साझा पाटी, राष्ट्रिय जनमोर्चा, राप्रपा, नेपाल लोकतान्त्रिक पार्टीलगायत राजनीतिकदललाई तीन बुँदे मागसहित ज्ञापनपत्र बुझाएको र राष्ट्रिय मानव अधिककार आयोग क्षेत्रीय कार्यालय धनगढीमा बोधार्थ पठाउने संयोजक माधव चौधरीले जानकारी दिए ।