यात्रामा कोरोनाको जोखिम बढेपछि नीजि सवारी साधन बिक्रीमा बृद्धि
कैलाली, २२ कार्तिक । कोरोना महामारीले गर्दा मुलुकमै सार्वजनिक यातायात बन्द भएपछि नीजि सवारी साधन गत वर्षको भन्दा दोब्बर खरिद विक्री वृद्धि भएको छ ।
हिरो मोटर साईकल धनगढीका अधिकृत विक्रेता विशेष अटोमोवाईलस्का प्रबन्ध निर्देशक पुष्कर ओझाले बन्दाबन्दी अवधिमा सरकारले सार्वजनिक यातायात संचालनमा रोक लगाएपछि दुई पाङग्रे गाडी स्कुटी, मोटरसाईल साईकल लगायत सोचेको भन्दा दोब्बर बिक्री भएको बताए ।
उनले बन्दाबन्दी भएको शुरुको २ महिनासम्म पसल पूर्णरुपले बन्द गरिएको बताउदै जेष्ठ देखि विक्री गर्न सुरु गरिएको जानकारी दिए । पछिल्लो अवस्थामा यात्रुहरु सार्वजनिक यातायातमा यात्रा गर्न जोखिम बढेको कारणले पनि नीजि सवारी साधानमा धेरै विक्री भएको हुन सक्ने अनुमान गरेको उनले बताए ।
ओझाले भने ‘दशै तिहारको लागि ल्याएको मोटरसाईकल दशंैभन्दा अगाडी नै बिक्री भयो, अहिले ग्राहकको माग पुरा गर्न धौ–धौ भईरहेको छ ।’ पछिल्लो अवस्थामा सीमानाका शिल भएपछि अन्य व्यवसायीहरु जस्तै किराना पसल, औषधीहरुमा राम्रो व्यापार भईरहेको ओझाले बताए । यातायात व्यवस्था कार्यालय धनगढीको अनुसार आर्थिक बर्ष सुरुवाटसंग्गै ४ हजार २ सय ४० वटा नयाँ गाडी दर्ता भएको छ ।













