होम आईसुलेसनमा बसेका दुई जना कोरोना संक्रमितको मृत्यु

धनगढी, २२ कार्तिक । होम आईसुलेसनमा बसेका दुई जना कोरोना संक्रमितको मृत्यू भएको छ । कैलालीको टीकापुरका नगरपालिकाको एक पुरुष र बर्दगोरियाका एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

कैलालीको टीकापुर नगरपालिका–१ का ३९ वर्षका एक पुरुष र बर्दगोरिया गाउँपालिका–४ का ५९ वर्षकी महिलाको मृत्यु भएको हो ।

उनिहरु दुबै जना होम आईसुलेसनमा बसेका बेला मृत्यु भएको जनाइएको छ । कोरोना संक्रमणबाट मृत्यु हुन थालेपछि समुदायमा त्राससंगै कोरोना संक्रमण रोकथामका लागि सरकारी निकायले प्रभावकारी भूमिका निर्वाह गर्न माग गरेका छन् ।