मानव अधिकार आयोगको प्रवक्तामा डा. पोखरेल

काठमाडौं, २० कार्तिक । राष्ट्रिय मानव अधिकार आयोगले प्रवक्ताको जिम्मेवारी डा. टीकाराम पोखरेललाई दिएको छ । आयोगका सह–सचिव डा. पोखरेल १८ वर्षदेखि आयोगमा कार्यरत छन् ।

सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ को दफा ३५ मा प्रत्येक मन्त्रालय, विभाग तथा सरकारी निकाय एवं कार्यालयले आफ्नो मन्त्रालय, विभाग तथा सरकारी निकाय एवं कार्यालयको काम कारबाहीको विषयमा सरोकारवालाहरुलाई वा सार्वजनिक रुपमा जानकारी दिन मन्त्रालय विभाग तथा सरकारी निकाय एवं कार्यालयको कुनै अधिकृतलाई प्रवक्ता तोक्नुपर्ने व्यवस्था भए अनुसार पोखरेललाई प्रवक्ताको जिम्मेवारी तोकिएको आयोगका सचिव बेद प्रसाद भट्टराईद्वारा प्रेसित पत्रमा उल्लेख छ ।

डा. पोखरेलले राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश कार्यालय धनगढी र पोखरामा प्रमुख भएर कुशलतापूर्वक जिम्मेवारी सम्हालिसकेका छन् ।