स्वास्थ्यमा समस्या आएपछी कानून मन्त्री शाह अस्पताल भर्ना

धनगढी, २० कार्तिक । सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री शाह होम आइसोलेसनमा बसेका थिए ।

उनको स्वास्थ्यमा एक्कासि समस्या आएपछि आज अस्थायी कोरोना अस्पताल भर्ना गरिएको हो । नाकबाट रगत बगेपछि उनलाई अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ ।