थरुहट मोर्चाद्वारा भोली पत्रकार सम्मेलन मार्फत अन्दोलनका कार्यक्रम घोषणा हुदै
धनगढी, १९ कार्तिक । पहिचानको आधारमा संघीय व्यवस्था लागुु हुनुपर्ने भन्दै लामो समयदेखि संघर्षरत थरुहट थारुवान राष्ट्रिय मोर्चाले भोली टीकापुरमा पत्रकार सम्मेलन मार्फत आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।
केही दिन अगाडी काठमाडौमा ५ बुँदे माग सार्वजनिक गर्दै सरकारलाई १ महिने अल्टिमेटम समेत दिइएकेको र माग पूरा नभए मंसिर २० गते काठमाडौंमै बृहत कोणसभाको आयोजना गरी आन्दोलन चर्काउने तयारी पनि भईरहेको थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले जानकारी दिए ।
उनले संघीयता संस्थागत गर्न संविधानको धारा २७४ लगायत पहिचान विरोधी धाराहरु र अनुसुची ४ संशोधन गर्नुपर्ने, थरुहट आन्दोलनको क्रममा टीकापुर घटना पश्चात विभिन्न मुद्धा लगाइएका थरुहट राजबन्दी सांसद रेशमलाल चौधरीसहितका मुद्धा खारेज गर्नुपर्ने लगायत माग अगाडी सारिएको बताए ।













