अम्बेरोल लुुब्रिकेन्ट ब्राण्डको प्रोफाइन इन्टरनेशनल अब धनगढीमा

धनगढी, १२ कार्तिक । अम्बेरोल लुुब्रिकेन्ट ब्राण्डको प्रोफाइन इन्टरनेशनल कम्पनीको सप्लायर्स अब धनगढीबाटै आफ्नो सेवा शुरु गरेको छ ।

कम्पनीले पहिलो पटक सुदुरपश्चिममा अधिकृत बिक्रेताको रुपमा लक्की ट्रेड्र्स एण्ड सप्लायर्सले धनगढीको मनेहरा चोकबाट सेवा शुरु गरेको हो ।

सप्लायर्सका प्रोप्राइटर प्रेमा थारु र महाप्रवन्धक फोनिराम चौधरीले सुदूरपश्चिम प्रदेशमा कम्पनीले पहिलो पटक सेवा दिन थालेको जानकारी दिए ।

सप्लार्यसको उद्घाटन सुदूरपश्चिम प्रदेश सदस्य मालामती रानाको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा रोदन मेडिकलका सञ्चालक चन्द्रसिंह चौधरी, थरुहट थारुवान राष्ट्रिय मोर्चाका महासचिव तुलसी चौधरीलगायतको उपस्थिति रहेको थियो ।