थारु पौराणिक बाल गीत ‘उक्रुङ्ग बुक्रुङ्ग’ भिडिया विमोचन (भिडियो सहित)

धनगढी, ७ कार्तिक । थारु भाषाको पौराणिक पहिलो बालगीत ‘उक्रुङ्ग बुक्रुङ्ग’ भिडियो विमोचन भएको छ ।

थारु बालबालिकाहरुले अत्यधिक रुचाइएको बालगीत ‘उक्रुङ्ग बुक्रुङ्ग’ भिडियो हमार म्युजिक बगियाको अफिसियल युट्यूब च्यानल मार्फत सार्वजनिक भएको हो ।

विमोचन कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले देश विकासको लागि अ आफ्ना बच्चाहरुलाई सभ्य बनाउन जरुरी रहेको बताए । उनले सबै जात जातीको कला, संस्कृति जोगाउन सके सो समुदायको पहिचान पनि जागिन्छ । कलाकार देशका गहना हुन् त्यसैले नयाँ उत्पादन भएको कलाकारहरुको सम्मान गर्नु सबैको दायित्व रहेको बताए ।

कार्यक्रममा थारु कलाकार मञ्चका अध्यक्ष विनय बैद्य, मञ्चका प्रदेश अध्यक्ष संगत चौधरी, थारु कल्याणकारिणी सभा कञ्चनपुरका उपसभापति सानु चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

हमार म्युजिक बगियाका अध्यक्ष विर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बालगीत बारे ठाकुर प्रसाद करियाप्रधानले जानकारी दिएका थिए । साथै कार्यक्रममा गीता चौधरीले धन्यवाद दिएका थिए । भिडियोमा मनिष थारू, श्रविना चौधरी, ऋष्टिना चौधरी, सानु हरदिउला ब्रेभिया चौधरी, लगायतको अभिनय रहेको छ ।

शब्द संकलन इन्दु थारूको रहेको गीतमा संगीत संयोजन सि।एल चौधरीको रहेको छ । गीतमा बाल कलाकार मनिष थारू र अमृता चौधरीले स्वर भरेका छन् ।