थारु भाषाको पहिलो बालगीत : ‘उक्रुङ्ग बुक्रुङ्ग’ भिडियो सार्वजनिक हुदै
कैलाली, ६ कार्तिक । सोमसोनिनको प्रस्तुती रहेको थारु भाषाको पहिलो बालगीत अब अफिसियल भिडियो मार्फत बजारमा आउने भएको छ ।
थारु बालबालिकाहरुले अत्यधिक रुचाइएको बालगीत ‘उक्रुङ्ग बुक्रुङ्ग’ भिडियोमा पनि आइरहेको हो ।
हमार म्युजिक बगियाको अफिसियल युट्यूब च्यानल मार्फत आइरहेको बालगीतको भिडियो यहि कार्तिक ७ गते एक कार्यक्रमका बिच बिमोचन हुने जनाइको छ । भिडियोमा मनिष थारू, श्रविना चौधरी, ऋष्टिना चौधरी, सानु हरदिउला ब्रेभिया चौधरी, लगायतको अभिनय रहेको छ ।
शब्द संकलन इन्दु थारूको रहेको गीतमा संगीत संयोजन सि।एल चौधरीको रहेको छ । गीतमा बाल कलाकार मनिष थारू र अमृता चौधरीले स्वर भरेका छन् ।













