अमेरिकाबाट विमल चौधरीद्वारा राजवन्दी परिवारलाई ब्यालेंकेट सहयोग

कैलाली, ४ कार्तिक । टीकापुर घटनाका राजवन्दी परिवारलाई ब्यालेंकेट तथा मेरीआमा बालगृहलाई खाद्यान्न सहयोग गरिएको छ ।

कैलारी गाउँपालिका वडा नं. ४ भितरियाका र हाल अमेरिका बस्दै आएका बिमल चौधरीले आफ्नो छोरा सिमोन चौधरीको जन्मोत्सव र बुवा रामसमझ चौधरीको सम्झनामा उक्त खाद्यान्न र व्यालेंकेट उपलब्ध गराएका थिए ।

थाविस कैलालीका पूर्व सचिव समेत रहेका चौधरीले दशैं तथा दिपावली मनाउन मेरीआमा बाल गृहलाई थोरै भए पनि सहयोग पुगोस भन्ने उद्देश्यले सहयोग गरेको बताए । थारु विद्यार्थी समाज कैलालीको समन्वयमा उक्त खाद्यान्न सहयोग गरेको थाविस कैलाली अध्यक्ष आशिष चौधरीले जानकारी दिए ।

राजवन्दी १० परिवारलाई प्रतिपरिवार एकएक ब्यालेंकेट र र मेरीआमा बालगृहलाई नुन, तेल, चामल लगायत खाद्यान्न सामाग्री सहयोग गरिएको हो ।

खाद्यान्न सहयोग कार्यक्रममा थाविस कैलालीका पूर्व अध्यक्ष माधव चौधरी रहेका थिए । कार्यक्रममा स्वागत मन्तब्य रमेश मिशनले गरेका थिए ।