कोरोनाबाट मृत्यू भएका देवकोटाको स्मृतीमा रक्तदान
धनगढी, ४ कार्तिक । सेन्टर फर डेमोक्रयाटिक ईन्जिनियर्स एसोसिएशन पूर्व अध्यक्ष तथा नेपालका संस्थापक प्रोफेसर ईन्जिनियर स्वर्गिय सरोज देवकोटाको स्मृतीमा मंगलबार रक्तदान कार्यक्रमको भएको छ ।
सेन्टर फर डेमोक्रयाटिक ईन्जिनियर्स नेपाल सुदूरपश्चिम प्रदेश कमिटिको आयोजना तथा धनगढी डाईग्नोष्टिक एण्ड रिसर्च सेन्टरको समन्वयमा रक्तदान गरिएको हो । रक्तदान कार्यक्रममा बोल्दै धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले कोरोनाका कारण रगतको अभाव भैरहेको समयमा रक्त दान गर्नु अति उत्म रहेको बताए ।
सेन्टर फर डेमोक्रयाटिक ईन्जिनियर्स नेपाल सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष ईश्वर भट्टले प्रोफेसर ईन्जिनियर स्वर्गिय सरोज देवकोटाले संस्था र ईन्जिनियरिङ्ग क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए । देवकोटाको केहि दिन पहिले कोरोनाका कारण मृत्यू भएको थियो ।
कार्यक्रममा नेपाल ईन्जिनियर्स एसोसिएशनका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष लव प्रसाद जोशी, केन्द्रिय सदस्य जनकराज जोशीको उपस्थीति रहेको थियो । कार्यक्रम सेन्टर फर डेमोक्रयटिक ईन्जिनियर्स नेपाल सुदूरपश्चिम प्रदेश कमिटीका सचिव अरुण कुमार जोशीले गरेका थिए । कार्यक्रममा १८ जनाले रक्तदान गरेका थिए ।













