असई बिकको उच्च सम्मानका साथ दोदा नदिमा अन्त्येष्टि

धनगढी, ३ कार्तिक । प्रहरी सहायक निरीक्षक गोविन्द बिकको उच्च सम्मानका साथ कंचनपुर स्थित दोदा नदिमा अन्त्येष्टि गरिएको छ । मृतक गोबिन्दलाई प्रहरीको झण्डा ओडाइ अन्तिम सलामी दिइएको थियो ।

अन्त्येष्टि कार्यक्रममा सुदुरपश्चिम प्रदेश नेकपा संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङ, सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उत्तमराज सुबेदी, सिनियर प्रहरी अधिकृत र मृतक गोबिन्दका आफन्तजन तथा स्थानीयहरुको सहभागीता रहेको थियो ।

शनिबार साँझ नियमित गस्तीमा खटिएका प्रहरी सहायक निरिक्षक बिकको शव आइतबार बिहान धनगढी उपमहानगरपालिका १० नेपाल–भारत सीमा स्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा मृत भेटिएका थिए ।

उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामसिह साउदको अवस्था भने अझै अज्ञात नै रहेको छ ।