तस्करसंगको भीडन्तमा असईको मृत्यु, शंकासपद ११ जना प्रहरीको नियन्त्रणमा
धनगढी, २ कार्तिक । कैलालीको धनगढी उपमहानगरपालिका—१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक(असई) तस्करसंगको भीडन्तमा मृत्यू भएको बताइएको छ ।
हिजो रातिदेखि बेपत्ता भएका असइ (असई) गोविन्द बिकको शव आज बिहान सीमा नाका मोहना नदीमा फेला परको हो ।
उनीसंगै गस्तीमा गएका प्रहरी जवान राम बहादुर साँउद भने फेला परेका छैनन । चौकीबाट मोटरसाईकलमा राति साढे आठ बजे गस्तीमा निस्किएका दुबै जना साढे १० बजे देखि सम्पर्क बिहिन भएका थिए ।
बिहान उनीहरुको खोजी गर्दा चौकीबाट एक किमीको दूरीमा उनीहरु चढेको मोटरसाईकल फेला परेको र करीव तीन किमीको दूरीमा रहेको मोहना नदीमा लाश फेला परेको थियो ।
प्रहरीले तस्करहरुसंगको भीडन्तमा उनीहरु मारिएको हुनसक्ने आशंका गरेको छ ।
असईको शवमा गर्धनमा धारीलो हतियारको चोट
चौकीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिकको शव मोहना नदीबाट निकालीदा घाटीमा धारीलो हतियारको चोट देखिएको प्रहरीले जनाएको छ ।
मोहना नदी नजिकै रहेको उखुबारीमा रगतका छिटा सेमेत देखिएकाले हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
प्रहरी नायव महाननिरिक्षक उत्तम सुवेदी सहित, सशस्त्र प्रहरी, भारतिय सुरक्षा कर्मि लगाएतको टोली घट्नास्थल पुगेको थियो ।
असई बिकको हत्यारालाई कारबाहीको माग गर्दै आफन्तद्धारा प्रहरी कार्यालय घेराउ
जुगेडामा कार्यरत असई गोबिन्द बिकको हत्यारा पत्ता लगाइ कारवाहीको माग गर्दै आफन्तहरुले जिल्ला प्रहरी कार्यालय कैलाली घेराउ गरेका छन ।
कंचनपुरको पुनर्बास नगरपालिका ८ ‘ख’ गाउँ स्थायी घर भएका २८ बर्षिय बिकको हत्यारा पत्ता लगाइ कारबाहीको माग गर्दै कंचनपुरबाट पुगेका आफन्त र स्थानीयहरु जिल्ला प्रहरी कार्यालय अगाडि चक्काजाम गर्दै प्रदर्शन गरेका छन् ।
डिउटीको सिलसिलामा शनिबार राती देखि बेपता बिकको भोलिपल्ट आइतबार धारिलो हतियारले घाटी काटिएको अवस्थामा धनगढी उपमहानगरपालिका १० स्थित मोहना खोलामा डुबेको अवस्थामा शव फेला परेको थियो ।
घटना संलग्न भएको आशंकामा सोही क्षेत्रबाट प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । अनुसन्धान प्रारम्भिक चरणमा रहेकाले पक्राउ पर्नेको नाम भने नखुलाइएको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान थालिएको बताए ।













