ग्यास विस्फोटमा घाइते भएकी महिलाको मृत्यु

धनगढी, २९ असोज । धनगढीमा ग्यास विस्फोट हुँदा घाईते भएका महिलाको मृत्यू भएको छ । बुधबार बिहान लिक भएको अवस्थामा ग्यास बाल्दा भएको विस्फोटमा परी धनगढी उप–महानगरपालिका वडा नम्बर ८ का ६५ वर्षीया बिर्मादेवी विष्ट गम्भिर घाईते भएकी थिईन् । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले बिर्माको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको जानकारी दिए ।

प्रहरीका अनुसार घाइते अवस्थामा रहेका मृतकका श्रीमान हरीलाल विष्ट र उनकी नातिनिको अवस्था भने खतरामुक्त छ । उनीहरुको पनि काठमाडौँमै उपचार भइरहेको निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक विष्टले बताए ।