विचल्लीमा परेका चार बालबालिकालाई राहत

कैलाली । वैदेशिक रोजगारीमा गएकी कैलालीको धनगढी–९ गौरीकटानकी ४६ वर्षीया गीतकुमारी पार्कीको उतै मृत्यु भएपछि गएको १२ असोजमा शव आइपुग्दा चार केटाकेटी विचल्लीमा परेका थिए ।

विभिन्न सामाचारको माध्यमबाट उक्त बच्चाहरुको विचल्लीबारे सार्वजनिक भएपछि ह्यूमानिटी फाउन्डेसद्वारा सान्भी उपाध्ययको जन्मदिनको अवसर पारेर उक्त बालबाविकाहरुलाई खाद्यन्न सहयोग भएको छ । सान्भी वरिष्ट पत्रकार तथा ह्यूमानिटी फाउन्डेसनका दिपक उपाध्यका छोरी हुन् ।

फान्डेसनले ५० केजी चामल, केजी दाल, नुहाउने साबुन, खाने तेल, विस्कुट, कोल्गेट, ब्रस, सेनेटरी प्याड लगायतको सामान सहयोग गरेको हो ।

घरबेटीले आँगनमा शव राख्न नदिएपछि वडा नं.९ की वडा सदस्य शारदा ताम्राकारले आफ्नो घरमा शव लगेर दाहसंस्कार गर्न लगाईन् । अहिले केटाकेटी उनकै घरमा आश्रय लिएका छन् ।

गीता सात वर्षअघि कुवेत जाँदा कान्छी छोरी नौ महीनाको मात्र थिइन्। एउटा छोरो ६ वर्ष र अर्को आठ वर्षका थिए। तीनै जनालाई १० वर्षीया छोरी सुशीलाको जिम्मा लगाएर उनी विदेसिएकी थिइन्।

एक वर्षसम्म त बाबुको साथ थियो। तर, उनको मृत्यु भएपछि सुशीलाले तीनै भाइ बहिनीलाई आफैँले हुकाईन्। आमाले विदेशबाट पठाएको पैसाले उनीहरु पालिएका थिए।