कैलालीमा डेढ लाख नगदसहित १७ जना जुवाडे पक्राउ

धनगढी, २१ असोज । कैलालीको घोडाघोडी नगरपालिका १० आमखोया बस्ने टेक बहादुर मल्ल र लम्कीचुहा नगरपालिका वडा नम्वर २ स्थित रोहन ढकालको घरमा जुवा खेलिरहेको अवस्थामा एक लाख ६८ हजार नगदसहित १७ जना जुवाडे पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय सुखडबाट खटाइएको प्रहरी टोलीले मल्लको घरमा जुवा खेलिरहको अवस्थामा पक्राउ गरेको हो ।
स्थानीय दिलिप कठायत, गणेश कठायत, केशब मल्ल, भद्र बडुवाल, धनन्जय कठायत, धन कठायत, नबिन कठायत, खगेन्द्र बुढा, हरिश कठायत, गौरीगंगा–१० बस्ने बर्ष रमेश कठायत र अरबिन चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए। उनीहरुको साथबाट एक लाख ३५ हजार ५ सय नगद समेत बरामद गरिएको विष्टले बताए।

यस्तै ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिईएको प्रहरी टोलीले लम्कीचुहा नगरपालिका– २ बाट स्थानीय विष्णु केसी, शेर बहादुर रावल, खड्क पुन, हर्क पुन र डिल्ली प्रसाद जोशिलाई पक्राउ गरिएको हो।

उनीहरुको साथबाट ३२ हजार पाँच सय ५० नगद बरामद गरिएको छ। जुवा मुद्दामा म्यादथप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।