भजनीको १५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, नगरपालिकाको सबै सेवा बन्द

धनगढी, १६ असोज । कैलाली जिल्लाको भजनी नगरपालिकामा कोरोना सक्रमित बढ्दै गएपछि नगरपालिका तथा वडा कार्यालयबाट हुने सबै सेवा बन्द गरीएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत १५ स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको हो ।

नगरपालिकाका उपप्रमुख छाया देवकोटाद्धारा जारी सूचनामा स्वास्थ्य केन्द्रमा सेवारत अधिकांश स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हुँदा समुदायस्तर सम्म फैलिन नदिन नगरपालिका र नौ वटै वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ ।

सरकारले जोखिम न्यूनीकरणका लागि जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी आफ्ना दैनिक क्रियाकलाप सञ्चालन गर्न नगरवासीमा अनुरोध समेत गरेको छ ।