बन्दाबन्दीले कैलालीमा यौन हिंसाका घट्ना बढ्दो

धनगढी, १५ असोज । महिला पुर्नस्थापना केन्द्र (ओरेक) कैलालीले बन्दाबन्दीकै अवधिमा कैलालीमा १४ वटा बलात्कार र २१ वटा यौन दुरव्यवहारका घट्ना भएको तथ्यांक सार्वजनिक गरेको छ ।

६ महिना भएको बन्दाबन्दीको अवधिमा ओरेकको सम्र्पकमा आएकाहरु ११४ वटा मुद्दा आएको जस मध्ये ५५ वटा मुद्दा जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता गराएकोे ओरेक नेपाल कैलालीकी संयोजक विनु रानाले जानकारी दिइन् । उनले बन्दाबन्दीमा सबै भन्दाबढी यौन हिंसा र बलात्कारका घटना भएको तथ्यांक रहेको बताईन् ।

बन्दाबन्दीमा स्थानीय न्यायक समिति र जिल्ला प्रहरी कार्यलय कैलालीले कोभिडका कारण देखाएर पीडितहरुसंगको व्यवहार असजिलो देखाएपछि ओरेक कैलालीमा धेरै मुद्दा आउन थालेको संयोजक रानाले भनिन् । उनले बन्दाबन्दी अवधिमा ७ बहुविबाह, ११ आत्महत्या र ६१ घरेलु हिंसाका घटना दर्ता भएको बताईन् ।

कैलालीमा ओरेकमा एक सय १४ वटा महिला हिंसाको उजुरी परेका छन् । प्लान इन्टरनेशनल नेपालको सहयोगमा लैगिक संवेदनशिलतामा रिपोर्टिङका निम्ति स्थानीय सञ्चार माध्याम संग गरिएको अन्र्तक्रिया कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् ।

रानाका अनुसार कोरोनाबाट सिर्जित लकडाउनमै महिल हिंसा धेरै भएको छ । ‘हाम्रो संस्थामा एक सय १४ महिला हिंसाका उजुरी परेका छन् ।’ ‘सबै तिर बन्द रहेको अवस्थामा यति घट्ना संस्थामा उजुर आउनु पनि धेरै हो ।’

ओरेक कैलाली लकडाउनमा २१४ जनालाई मनो सामाजिक परार्मश दिएको छ । विभिन्न माध्यमबाट १२५ जनालाई र प्रत्यक्ष रुपमा साउन्सिलिंग ८९ जनालाई मनोसामाजिक परार्मश दिएको हो । संयोजक रानाले ३८ परिवारलाई पारिवारिक रुपमा मनो सामाजिकपरार्मश दिएर परिवार मिलन गरेको बताइन् ।

उक्त अन्र्तक्रिया कार्यक्रममा कैलालीका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकाहरुकले महिला हिंसा न्यूनीकरणका लागि सञ्चार माध्यमको भूमिकाको बारेमा पनि छलफल गरेका थिए । सहभागि पत्रकाहरुले सञ्चार माध्याम र महिला हिंसामा कार्यरत संस्थाको सहकार्य आवश्यक रहेको सुझाब दिएका थिए ।