पत्रकार निर्मलाको आफन्तको विलौना : ‘हाम्रो छोरीलाई लखेटी लखेटी मारेका हुन्’

कैलाली, १२ असोज । असोज ९ गते कैलालीका पत्रकार महिलाहरु निर्मला पहराईको श्रद्धान्जली व्यक्त गर्न घर सम्म पुगे । आमा सिढीको डिलमै बसेर तोलाईरहेकी थिईन् । मानौ निर्मलाकै बाटो कुरिरहेकी छिन् ।

निर्मलाको रहस्यम मृत्यू भएको खबर सोध्न नपाउँदै ७० बर्षीया आमा बाटुली पहराईले भनिन् ‘मेरी छोरी आफै मरेकी होइन मारिएको हो । लखेटी लखेटी मारिए, चप्पलमा अलिकतिपनि हिलो लागेको छैन तर शरिरभरि माटो छ ।’

उनी आ“खा भरि आ“शु लिएर बोल्दै गए । ‘पापीले मेरी छोरीको हत्यागरी रुखमा झुन्डयाइ दिए । घाँटीमा खुकुलो गरि बाँधिएको दोपत्ताको फाँसी छ । शरिरभरि रगत, निलडाम देखिएको छ । तर प्रहरीले उल्टै हामीसंग प्रमाण खोजिरहेको छ । यो कहाँको न्याय हो, सरकार ?’

घोडाघोडी नगरपालिका वडा नं. ४ जनकपुरका २५ वर्षीया निर्मला सोही नगरपालिका सुखड स्थित रेडियो कैलालीका सम्वाददाता थिईन् ।
निर्मलाकी आमा दोषीलाई कडा कारबाही गर्नुपर्ने माग राख्दै दोस्रो छोरी निर्मला जस्तै मर्न नपरोस् भन् िप्रार्थना गरिन् । निर्मलाका पाँच दाई र चार दिदी छन् उनी १०औं सन्तान हुन् । सबैले विवाह गरेर अलग अलग बसेको कारण निर्मला नै आमालाई समाल्दै आएकी थिईन् ।

पत्रकार महिलाहरु निर्मलाको घरमा पुगि आफन्तहरुसंग कुराकानी गर्दै

निर्मला आफ्नो बुवाको श्राद्ध गर्नकोलागि भदौ २८ गते घर आएकी थिईन् । रेडियोको कामले २९ गते बिहानै सुखड गएका उनी कहिल्यै घर नर्फकने गरी संसार छोडिन् । निर्मला ३१ गते विहानको सामाचार पढेर घोडाघोडी नगरपालिका ५ पहलमानपुरका ललित जाग्रीलाई भेट्न भनेर दिउसो कोठाबाट बाहिर निस्किेको आफन्तको भनाई छ । साँझा सम्मपनि फेर्केर नआएपछि ईलाका प्रहरी कार्यालय सुखडमा छोरी हराएको उजुरी दिए ।

असोज २ गते निर्मलाको रुखमा झुण्डिएको शव फेला परेको थियो । उक्त घटनाको छानविन गरि दोषीलाई कडा कर्बाहीको माग राख्दै आफन्तले आराेिपत जाग्री र साउँद थरकी एक किशोरीमाथि असोज ५ गते किटानी जाहेरी दिए ।

जाग्री सोही दिनै पक्राउ परेक छन् तर पोष्टमार्टमको रिर्पोट नआए सम्म दोषी पत्ता लगाउन गाह्रो हुने ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए । हत्या हो की आत्महत्या अहिलेनै भन्न नमिल्ने भन्दै अनुसन्धान र पोष्टमार्टम रिपोर्टले प्रमाणित गर्ने बताए ।

उपरीक्षक बोहराले भने – ३१ गते बिहान १२ बजेसम्म केटा र केटीको कुरा भएको बुझिएको छ । ३० गते विवाहको विषयमा उनीहरुको विवाद भएको देखिन्छ । ललित जाग्री निर्मला र पक्राउ परेकी साउ“द थरकी किशोरी एकआपसमा कुरा भएको खुलेको छ । अहिले सम्म मृतकको मोबाईल भने भेटिएको छैन ।