हेल्प फर ह्याप्पीनेसद्धारा बाल गृहका विद्यार्थीलाई निशुल्क आँखा परिक्षण

धनगढी, ११ असोज । सामाजिक संस्था हेल्प फर ह्याप्पीनेस छैठौँ वर्षमा प्रवेश गरेको छ । २०७२ सालमा स्थापना गरिएको सामाजिक कार्यमा क्रियाशील ह्पाप्पीनेस आजदेखि पाँच वर्ष पूरा गरी छैठौँ वर्षमा प्रवेश गरेको हो ।

संस्थाले वार्षिकोत्सवको अवसर पारेर सुदूरपश्चिमका विभिन्न बालगृहमा सहयोग गरेको छ । सोही सन्दर्भमा धनगढी स्थित परिवार बाल गृहका विद्यार्थीको आँखा परीक्षण, शैक्षिक सामाग्री तथा न्यानो लुगा सहयोग गरिएको छ ।

संस्थाका संयोजक दृष्टि विशेषज्ञ डाक्टर युवराज जोशीको समूहले बाल गृहमा आश्रीत विद्यार्थीको आँखा निःशुल्क परीक्षण गरेको हो । यस्तै विद्यार्थीहरुलाई कापी, कलम लगायतका शैक्षिक सामाग्री र न्यानो लुगा वितरण गरिएको ह्याप्पीनेस सुदूरपश्चिमका संयोजक घनश्याम भण्डारीले जानकारी दिए ।