बस्तीमा पसेको गोहीको उद्धार

जोशीपुर, १० असोज । कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर २ बर्गदही गाउँमा पसेको गोहीको सुरक्षित स्थानमा उद्धार गरिएको छ ।

शुक्रबार राती ११ बजे स्थानीय तिर्थराम चौधरीको घर नजिकैको खोलामा आएको गोहीको उद्धार गरि सुरक्षित स्थानमा छोडिएको इलाका प्रहरी कार्यालय जोशीपुरले जानकारी दिए । राती कुकुर कराएपछि तिर्थ घरबाहिर निस्के हेरेबेर घर हेर्दा गोही देखिएको बताए ।

फेला परेको गोही स्थानीयहरु नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेपाछि शनिबार इलाका प्रहरी कार्यालय जोशीपुरका प्रमुख प्रहरी नायव निरीक्षक विरबहादुर बोहराको अगुवाईमा उद्धार गरिएको थियो ।

प्रहरी नायव निरीक्षक बोहरा गोही सुरक्षित स्थान मोहना नदीमा लगेर छोडेको थियो । गोहीको करिब १८ केजी तौल र पाँच फिट लम्बाई रहेको थियो ।