कर्मचारीम कोरोना देखिएपछि भूमिसुधारको सबै सेवा स्थागित
धनगढी, ८ असोज । भूमिसुधार तथा मालपोत कार्यालय धनगढीको एक कर्मचारीमा कोरोना पोजेटिभ आइलपाछे दुई दिनको लाग प्रशासनिक बाहेक सबै सेवा बन्द भएको जनाइएको छ ।
भूमिसुधार तथा मालपोत कार्यालयले बुधबार सूचना प्रकाशित गरि असोज ९ गतेसमका लागि प्रशासनिक बाहेक सबै सेवा स्थागित गरेको मालपोट प्रमुख अधिकृत सुरेन्द्र केसीले जानकारी दिए ।
कर्मचारीमा संक्रमण देखिदा सेवाग्राहीको चापकै कारण अरुलाईपनि संक्रमण हुन सक्ने जोखिमले सेवा स्थगित गरिएको हो । कार्यालयका कर्मचारीहरुको पीसीआर टेष्ट रिपोर्ट नआए सम्म कार्यालयको प्रशासनिक सेवा बाहेक सबै सेवा स्थागित गर्ने अधिकृत केसी बताए ।













