व्यवसाय संचालन ढाँचा सम्बन्धी निर्देशिकाबारे छलफल
धनगढी,६ असोज । दिगो उत्पादन र रोजगारी प्रवद्र्धनका लागि तरकारी तथा कुखुरा पालन व्यवसायका मुल्य श्रृखला सम्बन्धी तालिम र व्यवसाय संचालन ढाँचा सम्बन्धी निर्देशिकाबारे मंगलबार धनगढीमा सरोकारवाला निकायविच छलफल कार्यक्रम भएको छ ।
निड्स नेपालको आयोजनामा भएको कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक भवराज रेग्मी ‘बजारमा आधारित प्राविधिक तथा व्यवसायिक सीप प्रवद्र्धन परियोजना’ को लक्ष्य उदेश्य र समावेश गरिने क्षेत्रबारे जानकारी दिएका थिए । युरोपियन युनियन र ब्रिटिस काउन्सिलको सहयोगमा निड्स नेपालले सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, कैलाली र बझाङ जिल्लामा दक्षता परियोजना लागु गरेको कार्यकारी निर्देशक रेग्मीले जनाए । उहाँले १ मार्च २०२० बाट सुरु गरेको परियोजनाको अवधि ३१ अगष्ट २०२१ सम्म गरी १८ महिना रहेको जनाए । परियोजनाका बजेट २ करोड ५४ लाख ३ हजार ८ सय २० रुपैया रहेको छ ।
दिगो उत्पादन र रोजगारी प्रवद्र्धनका लागि तरकारी तथा कुखुरा पालन व्यवसायका मुल्य श्रृखला सम्बन्धी तालिम र व्यवसाय संचालन ढाँचा सम्बन्धी निर्देशिकाबारे टिकाराम थापाले जानकारी दिएका थिए । दिगो उत्पादन र रोजगारी प्रवद्र्धनका लागि प्राङगारिक तरकारी उत्पादन र कुखुरा पालन तालिका संचालन ढाँचा, प्राविधिक तालिम संचालन निर्देशिका कार्यपत्र प्रस्तुत गरेका थिए ।
निर्देशिकामा सरोकारवाला निकायका तर्फबाट धनगढी विनायक भेटका संचालक विष्णु बुर्लाकोटी, पेटभेट सेन्टरका संचालक भुपेन्द्र थापा, धनगढी उपममहानगरपालिकाका कृषि विकास अधिकृत लोकराज उपाध्याय, गौरीगंगा नगरपालिकाका कृषि विकास अधिकृत दिपेन्द्र परियार, सुनाखरी बहुउद्देश्यीय कृषि फर्म धनगढी–५ का संचालक रामकिसुन चौधरी लगायत व्यवसाय संचालन ढाँचा सम्बन्धी निर्देशिकामा व्यवसायिक तरकारी खेती र कुखुरा पालन तालिमबारे सुझाव दिएका थिए ।
कार्यक्रम निड्स नेपालका अध्यक्ष अन्जु जोशी भट्टको अध्यक्षतामा भएको थियो । कार्यक्रममा उहाँ परियोजनासे विदेशमा रोजगार गुमाएर स्वदेशबाट फर्किएका र स्थानीय बेरोजगार युवालाई बजार मागमा आधारित कृषिमा स्वरोजगार कार्यक्रम संचालन गरि रहेको जनाए ।
अर्धसीप र सीप नइभएका युवाहरुका रोजगार तथा स्वरोजगार प्राप्तीका लागि बजार आवश्यकता अनुसार ज्ञान तथा सीपमा वृद्धि गर्ने निर्दिष्ट उद्देश्य रहेका परियोजनाबाट कृषि, निर्माण र पर्यटन क्षेत्रलाई समेट्ने अध्यक्ष भट्टले बताइन ।
कार्यक्रमको सहजीकरण संस्थाका कार्यक्रम संयोजक विनोद कडाराले गरेका थिए । उहाँले साँझेदार संस्थासंँगै प्राविधिक रुपमा गुरुकुल इन्स्टिच्युट अफ टेक्नोलोजी प्रा.लि. कञ्चनपुर र डिभोटी तालिम तथा अनुसन्धान केन्द्र कैलालीको सहयोग रहेको जनाए ।













