एकैदिन सुनको मुल्य तोलामा १७ सय रुपैंयाँले घट्यो
काठमाडौं , ६ असोज । आज सुनको मुल्य एकैदिन तोलामा १७ सय घटेको छ । हिजो ९७ हजार २ सयमा कारोबार भएको सुन आज तोलामा एकैदिन १ हजार ७ सयले घटेर ९५ हजार ५ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा ओरालो लागेसँगै स्थानीय बजारमा पनि सुनको मुल्यमा कमी आएको महासंघले जनाएको छ । यस्तै आज चाँदीको मुल्य पनी तोलामा १ सयले घटेको छ ।
सोमबार १३ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मुल्य तोलामा १ सय रुपैयाँले घटेर आज १२ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा यतिबेला सुन प्रतिऔन्स १९ सय ६ डलर हाराहारीमा कारोबार भईरहेको छ ।













