कैलालीका एक पत्रकार मृत अवस्थामा फेला, अनुसन्धानकोलागि एक पक्राउ

कैलाली, २ असोज । कैलालीको घोडाघोडी नगरपालिका सुखड स्थित कैलाली एफएममा कार्यरत  एक पत्रकार मृत फेला परेकी छन्।

घोडाघोडी नगरपालिका वडा नम्बर(४ घर भएकी २३ वर्षीय निर्मला पहराई वडा नम्बर ५ को जंगलमा रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। उनका अनुसार मृतक पहराई केही दिन अघिदेखि घरबाट सम्पर्कविहीन थिइन्।

पहराईको आफन्तले  छोरी हराएको भन्दै बिहीबार प्रहरी कार्यालयमा खोजतलास गरिदिन निबेदन दिएका थिए । पहराई आज विहान रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेपछि अनुसन्धानको लागि शंकासपद एक व्यक्तिलाई पक्राउ गरिएको विष्टले बताए । मृतक पहराईको शव पोष्टमार्टमका लागि धनगढी ल्याइएको छ ।