सञ्चार सामाग्री सहित प्रशासन कार्यालयमा धर्ना

धनगढी, २ असोज । सञ्चारगृहमा प्रवेश गरेर पत्रकार माथि कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीको मूल गेटमा सञ्चार सामाग्री सहित धर्ना दिईएको छ ।

नेपाल पत्रकार महासंघ कैलालीको अगुवाइमा पत्रकारहरुले सञ्चार सामाग्री प्रर्दशन र कालो पट्टी बाँधेर प्रशासनको मूल गेटमा धर्ना दिएका हुन ।

धर्नापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउँदले सञ्चार गृहमै प्रवेश गरी पत्रकारमाथि कुटपिट गर्नेलाई कारवाहीको माग गरे ।

समाचारको विषयलाई लिएर गत शुक्रवार धनगढीको दिनेश सञ्चारगृहमा प्रवेश गरेर एक समूहले समाचार कक्षमै पत्रकारलाई कुटपिट गर्नुका साथै कर्मचारीमाथि हातपात र दुव्र्यवहार गरेको थियो ।

आक्रमणमा संलग्नलाई पक्राउ गरी कारवाही गर्नुपर्ने माग गर्दै पत्रकार महासंघ कैलालीको अगुवाईमा आन्दोलनका कार्यक्रम जारी राखिएको छ