पत्रकार महासंघ कैलालीद्वारा मुख्यमन्त्री भट्टलाई ध्यानाकर्षण
धनगढी, २९ भदौ । नेपाल पत्रकार महासंघ कैलालीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचनलाई ध्यानाकर्षण गराएको छ । कैलालीमा पत्रकार र सञ्चारगृहमा पटक पटक आक्रमण हुन थालेको भन्दै ध्यानाकर्षण गराएको हो ।
महासंघ कैलालीका अध्यक्ष जगद साउँदले ध्यानाकर्षण बुझाउँदै सचार गृहमा आक्रमण भएको चार दिन हुँदासम्म पनि संलग्न पक्राउ नपरेको बताउँदै दोषीमाथि तत्काल कारवाही हुनुपर्ने माग गरे ।
दिनेश सञ्चार गृह र पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै महासंघले आन्दोलन जारी राखेका छन ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पत्रकार महासंघ कैलालीको ध्यानाकर्षण पत्र बुझ्दै घटनामा संलग्नलाई कारवाही हुने बताएका हुन ।
‘सञ्चार गृहमाथि आक्रमण भएको जानकारी पाउँने वित्तिकै मैले प्रहरी, प्रशासनसंग कुराकानी गरेको थिए,’ मुख्यमन्त्री भट्टले भने, ‘आज पनि कैलालीका प्रमुख जिल्ला अधिकारीसंग घटनाबारे जानकारी लिएको छु । घटनामा संलग्नलाई कारवाही गर्न भनेको छु ।’
समाचारप्रति असन्तुष्टि भए कानुनी उपचारको बाटो खुला भएपनि सञ्चार गृहमै आक्रमण गर्नु दुखद भएको मुख्यमन्त्री भट्टले बताए ।
आईतवार धनगढीमा भएको पत्रकारहरुको भेलाले नेपाल पत्रकार महासङ्घ कैलालीको अगुवाईमा चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको थियो ।

पत्रकारले दिए प्रशासन अगाडी धर्ना
धनगढी–दिनेश सञ्चार गृह र पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीले दोस्रो दिनको आन्दोलन जारी राखेको छ । पीडित पक्षले कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै किटानी जाहेरी दिए पनि प्रहरीले संलग्नलाई पक्राउ नगरेको भन्दै आज जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइएको हो।
आईतवार धनगढीमा भएको पत्रकारहरुको भेलाले नेपाल पत्रकार महासङ्घ कैलालीको अगुवाईमा चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको थियो। सोही अनुसार आज प्रशासनमा एक घण्टा धर्ना दिएका थिए ।













