कैलालीमा थप ६९ जनामा कोरोना पुष्टी
धनगढी, २८ भदौं । कैलालीमा आइतबार थप ६९ मा कोरोना पुष्टि भएको छ । सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल, डोटी प्रयोगशाला र डडेलधुरा प्रयोगशालामा गरिएको परिक्षणमा ७६ जनामा कोराना पोजेटिभ देखिएको छ जसमा कैलालीका मात्रै ६९ जना रहेका छन् । सेती प्रादेशीक अस्पतालका ७३ जना, डोटी प्रयोगशालामा दुइजना र डडेलधुरा प्रयोगशालामा एक जनामा कोरोना पुष्टी गरि आज ७६ जनामा कोराना पुष्टी भएको हो ।
पछिल्लो २४ घण्टामा २ सय ४५ जनाको कोरोना परीक्षण भएकोमा ७३ जनामा संक्रमण पुष्टी भएको छ । कैलालीका ६९, कञ्चनपुरका ३, डडेलधुराका एक जनामा कोरोना पुष्टी भएको सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । श्रेष्ठले कैलालीको धनगढी उप–महानगरपालिकाका मात्रै ६९ जनामा संक्रमण पुष्टि भएको बताए । संक्रमित हुनेमा ५० पुरुष २३ महिला रहेका छन् ।
उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १ जनामा कोरोना पुष्टि भएको छ ।
१ सय ९६ जनाको कोरोना परीक्षण भएकोमा थप १ जनामा संक्रमण पुष्टि भएको हो ।अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालले दिएको जानकारी अनुसार सक्रमित डडेल्धुराको अमरगढी नगरपालिकाका हुन् । वडा नम्वर ५ का १ जनालाई संक्रमण पुष्टि भएको भूषालले बताए ।
त्यस्तै जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा थप २ जनामा संक्रमण पुष्टि भएको छ । ८३ जनाको कोरोना परीक्षण भएकोमा २ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले अछामको मंगलसेन नगरपालिकाका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताए । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमीतको संख्या ६ हजार ५ सय १० पुगेको छ । हाल सम्म १४ जना संक्रमीतको मृत्यु भइसकेको छ ।













