लाईन्स क्लवद्वारा बालगृहलाई खाद्यान्न सहयोग

धनगढी, २७ भदौं । लाईन्स क्लव अफ धनगढी नैनादेवीले चौथो स्थापना दिवसको अवसरमा परिवार बालगृहलाई खाद्यान्न सहयोग गरेको छ ।

क्लबले ३ कट्टा चामल, १ कट्टा दाल, १ पेटी तेल र पाँच पोका नुन बालगृहकी सञ्चालक सुनिता चौधरीलाई हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रम क्लबका अध्यक्ष डा. सुरेशरमण पुरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा क्लबका द्धितृय गर्भनर लायन सिबी चन्द लगायतको उपस्थिति रहेको थियो ।

धनगढी उपमहानगरपालिका वडा नं. १ शिवनगरमा स्थापना भएको परिवार बालगृहले अनाथ बालबालिकाहरुलाई पठन पाठन लगायत पालन पोषण गर्दै आएको छ ।