डडेल्धुरा अस्पतालले तोक्यो कोरोना परीक्षण शुल्क

धनगढी, २५ भदौ । डडेल्धुरा अस्पतालले कोरोना परीक्षण शुल्क तोकेको छ। अस्पतालले स्वेच्छाले कोरोना परीक्षण गर्न चाहने व्यक्तिका लागि रु २५ सय रुपैयाँ तोकेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सामाजिक विकास मन्त्रालयको निर्देशन तथा अस्पताल व्यवस्थापन समितिको निर्णयले स्वेच्छिक कोरोना परीक्षण गर्न चाहने व्यक्तिका लागि २५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको अस्पतालले जनाएको छ ।

संघीय सरकारले ४ हजार ४ सय रुपैयाँ लिन सक्ने बताए पनि सेती अस्पतालले २ हजार ५ सय रुपैयाँमात्रै शुल्क निर्धारण गरेको हुँदा डडेल्धेरा अस्पताललृ पनि सोही मूल्य निर्धारण गरेको हो ।

कोरोना भाइरसको लक्षण भएका, संक्रमितको सम्पर्कमा आएका, परिवारका सदस्य तथा सरकारले निर्देशिकामा तोकेका व्यक्तिको भने निःशुल्क कोरोना परीक्षण गरिने अस्पतालले जनाएको छ।