अरिङ्गालको टोकाईले बालिकाको मृत्यु
डडेल्धुरा, २० भदौं । आलिताल गाउँपालिका-३ का एक बालिकालाई अरिङ्गालले टोक्दा एक बालिकाको मृत्यु भएको छ । मृत्यू हुने ज्ञानेन्द्र धामीकी साढे तीन वर्षकी छोरी नविना धामी रहेको बताईएको छ ।
अरिङ्गालले टोकेर सिकिस्त बनेकी बालिकालाई उपचारका लागि लैजाँदै गर्दा शनिबार बिहानै मृत्यु आफन्तको भनाई छ । बालिकालाई करिब २०–३० वटा अरिङ्गालले टोकेको आफन्त रघुवीरले जानकारी दिए। एकरदुई अरिङ्गाललेले गाउँका अन्य मानिसलाई समेत टोकेको थियो । तर बालिकालाई भने धेरै अरिङ्गालले टोकेको हुँदा उनको मृत्यू भएको बताइएको छ ।













