आईसोलेशनमा रहेका कोरोना संक्रमितलाई हाईजिन किट
कैलाली, १९ भदौ । नेपाल रेडक्रस सोसाईटीको ५८ औं स्थापना दिवसको अवसरमा आईसोलेशनमा रहेका कोरोना संक्रमितहरुलाई (स्वच्छता सामाग्री सेट) हाईजिन किट र हरलिक्स प्रदान गरिएको छ ।
नेपाल रेडक्र सोसाईटी कैलाली शाखाले उपलब्ध गराएको (स्वच्छता सामाग्री सेट) हाईजिन किट र हरलिक्स धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले प्रदान गरेका हुन ।
उनले कनरी आईसोलेशनमा ७ जना संक्रमितहरु रहेको बताईन् । ‘मानवीय संकटको घडीमा सबै भन्दा अगाडी सम्झिने संस्था रेडक्रस हो ।’ धनगढी उप–महानगरपालिका अहिले पनि नेपाल रेडक्रस सोसाईटीसंग सहकार्य गरेर काम गरिरहेको उनले बताईन् । यो सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनईन् । ‘कोरोना संंक्रमणबाट बच्नका लागि सबैले आफ्नो ठाउँबाट सतर्कता अपनाउनु जरुरी छ ।’

रेडक्रस कैलालीले सेती प्रादेशिक अस्पतालमा रहेका ३२ जना कोरोना संक्रमित र धनगढी उप–महानगरपालिकाले बि. पोलिटेक्नीकल ईन्ष्टिच्यूटमा संचालन गरेको महिला आईसोलेशनमा रहेका ४ जना संक्रमितलाई हाईजेनिङ्ग किट र हरलेक्स उपलब्ध गराएको छ । त्यसैगरी रेडक्रम कैलालीले कनरी आईसोलेशनमा खानेपानी टयांकी समेत जडान गरेको छ ।













