आफ्नै आमालाई जबरजस्ती करणी गरेको आरोपमा छोरा पक्राउ
कञ्चनपुर, १९ भदौ । कञ्चनपुरको कृष्णपुर नगरपालिका ३० वर्षीय एक यूवक आफ्नै आमालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।
यौनजन्य हिंसा सहन नसकि ५८ बर्षिया आमाले आफ्नै छोरा बिरुद्ध जबरजस्ती करणी गरेको उजुरी दिइएको प्रहरीले जानकारी दिए ।
बृद्ध आमा अपराध लुकाउन नसकेर प्रहरी समक्ष आएको भन्दै छोरा बिरुद्ध मुद्दा दायर गरेपछि उनको छोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले बताए ।
सानैमा बाबुको स्वर्गबास भएपछि आमाले सुखदुःख गरेर छोरालाई हुर्काएकी थिइन् । श्रीमति सहित छोराछोरी लगेर भारतमा रोजगारी गर्दै आएका पीडितका छोरा कोरोनाको कारण बन्दाबन्दीको समयमा घर आएका थिए ।
घर आएदेखि नै छोराले मदिरा सेवन गरेर अमालाई पटक पटक यौनजन्य हिंसा गर्न थालेपछि छोरा बिरुद्ध आमाले जबरजस्ती करणीमा मुद्दा दायर गरेको जाहेरीमा उल्लेख गरिको प्रहरी कार्यालयले जनाएको छ ।
प्रवक्ता थापाले छोरा बिरुद्ध आमाले दिएका जवरजस्ती करणी उद्योगको मुद्दा दर्ता भएको बताए । उनले मुद्दा दर्ता भइसकेको जानकारी दिदै ‘पीडकलाई पक्राउ गरि अनुसन्धान शुरु भइसकेको छ, म्याद थप गरेका छौँ ।’
उता स्थानीयले जन्मदिने आमामाथि कुर्कम गर्ने जो कोही व्यक्तिलाई कडा भन्दा कडा सजाय हुनुपर्ने माग गरिरहेका छन् ।













