एकैदिन १हजार १ सय १२ जना डिस्चार्ज
काठमाण्डौ, १७ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार एक सय १२ जना कोरोना भाइरसको सङ्क्रमण निको भएर घर फर्किएका छन् । योसँगै अहिलेसम्म २३ हजार दुई सय ९० जना कोरोनामुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो सङ्ख्या कुल सङ्क्रमितको ५६ प्रतिशत हो ।
मन्त्रालयका अनुसार प्रदेश १ एक हजार सात सय ८७, प्रदेश २ मा ६ हजार ३४ र वाग्मती प्रदेशमा एक हजार पाँच सय ६९ जना डिस्चार्ज भएका हुन् ।
त्यस्तै गण्डकी प्रदेशमा एक हजार सात सय नौ, प्रदेश ५ मा पाँच हजार ६६, कर्णाली प्रदेशमा दुई हजार एक सय ३७ र सुदूरपश्चिम प्रदेशमा चार हजार नौ सय ८८ जना डिस्चार्ज भएका हुन् ।
सङ्क्रमितमध्ये सघन उपचार कक्ष ९आईसीयू० मा एक सय ४४ जना र भेन्टिलेटरमा १८ जनाको उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका जिल्लाहरु मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सर्लाही, काठमाण्डौ, ललितपुर, चितवन र रुपन्देही रहेका छन् । त्यस्तै सोलुखुम्बु, भोजपुर, ताप्लेजुङ, मुस्ताङ, मुगु, डोल्पा र हुम्लामा सक्रिय सङ्क्रमित छैनन् ।













