कैलालीमा पाँच दिन निषेधाज्ञा थपियो

धनगढी, १३ भदौ । जिल्ला प्रशासन कार्यालय कैलालीले पाँच दिन निषेधाज्ञा अबधि थप गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको १० दिनको निषेधाज्ञाको अबधि भोलि राति १२ बजे सकिदै थियो ।

जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञाको अबधि सकिन एक दिन बाँकी रहदा थप पाँच दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

प्रशासनले भदौ १९ गते राति १२ बजेसम्मका लागि कैलालीमा निषेधाज्ञा जारी गरिएको जनाएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कोरोना संक्रमणको जोखिम बढिरहेकोले सबैको सल्लाह र सुझावका भरमा निषेधाज्ञाको अबधि पाँच दिनका लागि थप गरिएको बताए ।