सेती अस्पतालमा भएको परीक्षणमा १२ जना कोरोना संक्रमित थपिए
धनगढी, ११ भदौ । सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा बिहिवार थप १२ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४ सय ९२ जनाको कोरोना परीक्षणमा कैलालीको गोदाबरी र धनगढीका १२ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार कैलालीको गोदावरीका ३ का ९ जना र धनगढीका ३ जनामा कोरोना संक्रमण देखिएको छ ।
धनगढीमा ५ बर्षीया बालिका, २९ बर्षीया महिला र ३५ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ। यस्तै गोदावरी नगरपालिका वडा नम्वर ३ का दुई बर्षीया बालिका, २२ र ३६ बर्षीया महिला तथा ३०, ४, ४, ३५, २३, १५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।














