बोक्सीको आरोपमा एक महिलामाथि निर्घात कुटपिट

महोत्तरी, ७ भदौं । महोत्तरीमा बोक्सीको आरोपमा एक महिलामाथि निर्घात कुटपिट भएको छ। महोत्तरीको सम्सी गाउँपालिका ७ जावेद टोलकी ४५ वर्षीया पवनदेवी यादवलाई बोक्सीको आरोपमा सोही गाउँका स्थानीयले कुटपिट गरेछि अस्पताल भर्ना भएकी छिन् ।

सम्सी गाउँपालिका ७ जावेद टोलका स्थानीय दिनेश यादव, उनकी श्रीमती सुजिया देवी, छोराहरु कृष्ण यादव, आशिकयादवसहित मिलेर कुटपिट गरेको पीडितको आरोप छ। गत शुक्रबार बोक्सीको आरोपमा निर्घात कुटिएकी यादवको अवस्था गम्भीर बनेपछि जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा उपचार भइरहेको पीडितका छोरा संजय यादवले जानकारी दिए ।

संजय भने, ‘म शुक्रबार घरभन्दा बाहिर थिएँ। बेलुका एक्कासी दिनेश यादवको परिवारले मेरो आमा माथि बोक्सी भन्दै गालीगलौजसहित पिटपाट गरे, समयमै प्रहरी बोलाए, त्यतिखेर प्रहरी सम्झाई बुझाई गरेर गयो, तर राती आएर पुनस् मेरो आमालाई कुटपिट गरे ।ु

घटनास्थलमा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक ९सई० दिपेन्द्र यादवसहित आएर विवाद नगर्न सम्झाई बुझाइ गए तर प्रहरी गइसकेपछि पुनः११–१२ बजेतिर कुटपिट गरेको संजयले बताए । कुटपिटको क्रममा आमा पवन देवीलाई बचाउन गएकी उनकी छोरी रुवीयादवको कपडा समेत दिनेश यादवको छोराले च्यातिदिएको संजयले बताए । उनले भने, मेरो बहिनीको कपडा समेत च्यातिदिए, बहिन चिच्याएर गाउँका मानिस आएर धन्न बचाए, तर प्रहरीले केही सहयोग गरेन् ।’

यता घटनामा संलग्न आरोपि कृष्ण यादवलाई सम्सी प्रहरी चौकीले पक्राउ गरेपनि उजूरी नपरेकाले आफूहरुले छोडेको सई दिपेन्द्र यादवले बताए । तर दोसीलाई पक्राउको दबाव बढेपछि आरोपित कृष्ण यादवलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको महोत्तरीका प्रहरी उपरीक्षक टिका केसीले जानकारी दिए । उनले भने, ‘पीडितको तर्फबाट हालसम्म जाहेरी आइसकेको छैन, जाहेरी नआउँदा कारवाही प्रक्रियामा अप्ठयारो भइरहेको छ, उजूरी आउने बित्तिकै थप कारवाही अगाडि बढाइनेछ ।’ अन्नपूर्णबाट