थारू समुदायमा अटवारी पर्व मनाउँदै

कैलाली, ७ भदौं । आज अटवारी पर्व कोरोनाको बाबजुटपनि मनाईरहेका छन् । पश्चिम नेपालका थारू समुदायले दिदी बहिनीको दिर्घायूकोलागि यो पर्व मनाउने गरेका छन् । अटवारी पर्व थारू समुदायको सांस्कृतिक तथा सामाजिक पर्वको रुपमा पनि लिने गरेको छ ।

यो पर्व मनाउनकोलागि सुदूरपश्चिम सरकारले भदौं ७ गते (आज) ‘अटवारी पर्व’ भनेर सार्वजनिक बिदा समेत दिइसकेको छ । जुन कारण पश्चिम नेपालका थारू समुदायमा थप उत्साह थपिएको थारू अगुवा तथा थारू कल्याणकारीणि सभा कैलालीका उप सभापति माधब थारू बताउँछन् ।

उनका अनुसार यो पर्व हरेक वर्ष कृष्ण जन्माष्टमीपछिको दोस्रो साताको आइतबार तथा कुशे औंसीपछिको पहिलो आइतबारका दिन ‘अटवारी’ पर्व मनाइन्छ । अटवारी मुलत थारू समुदायका पुरुषले मनाउने पर्व हो । पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ र सुर्खेत जिल्लाका थारू समुदायले अटवारी पर्व मनाउने गरेको उनको भनाई छ । प्रदेश ५ मा पनि यो पर्वको लागि सार्वजनिक विदा दिईएको ।

उनले ‘अटवारी’ को अघिल्लो दिन अर्थात शनिबार मध्य रातिमा दर खाएर यो पर्व शुरु हुने, आइतबार ब्रत बस्ने र साँझा पुजा आजा गरि रोटीको परिकार खाने चलन रहेको बताए । यो पर्वमा पुरुषहरु आफ्नो दिदी बहिनीहरुको आयू लामो होस् भन्ने मान्यता रहेको पनि उनले बताए ।

यो पर्वमा घर आँगन लिपपोट गरि दिनभरी रोटीको परिकार बनाउँछन् । यो पर्वमा अनदीको चामल अनिवार्य हुन्छ । अनदीको राटीलाई सगुनकै रुपमा दिन्छन् । साथै पूरी, सेल रोटी, खुम्रा, बरिया लगायतको परिकार पकाउने चनल छ ।

दोस्रो दिन विहान ७ या ११ प्रकारका तरकारी (खरिया, पकौडा, सिध्रा माछा, चना, केराउ, हरियो साग, काक्रा लगायतको तरकारी पकाउछन् ।

अटवारी पर्व सामाजिक सद्भाव तथा भाईचारा सम्बन्धको लागि पनि मनाईन्छ । उनले बिबाह भएको छोरीहरुलाई सोमबारको दिन अग्रासन ( ब्रत बस्ने ब्रतालुहरुले आफ्नो दिदी बहिनीको नाममा छुट्याएर राखेको खानेकुरा) पुजा गर्नुभन्दा पूर्व पकाएको रोटी छुट्याउछन् जसलाई थारू भाषामा (कहर्ना) भन्छन् ।

त्यही छुट्यार राखेको भाग विवाहित चेलीबेटीलाई कोशेली स्वरुप अग्रासन दिन जाने चलन रहेको कायमै रहेको थारू अगुवा तथा बुद्धिजीविहरुको भनाई छ । बिबाहित छोरी माइतीको कोशेली (अग्रासन) लाई सम्मान स्वरुप लिन्छन् । यो कोशेलीले दाजुभाइ र दिदीबहिनीबीच मायाप्रेम साट्ने पर्वका रूपमा पनि मान्दै आएको छ ।

थारू बुद्धिजीवि दिलबहादुर चौधरीका अनुसार अटवारी पर्वको विभिन्न किम्बदन्ती रहेको बताए । किम्बदन्तीमा पाण्डवका माइलो भाइ भीम वा भीवाँको पुजा गर्ने गरेको बताए ।

उनले पाण्डव भीम ‘भीवाँ’ आइतबारका दिन एक दानवको आहार बन्न गएको र उनले त्यो दानवलाई मारेर गाउलेलाई दानवको आतंकबाट मुक्त गराएको कहानी सुनाए । त्यसैगरी वनबासमा रहेका बेला भीमले नै कैयौं विपत्तिबाट र दुस्मनहरुबाट आफ्ना भाइहरूलाई बचाएको किम्दन्ती रहेको बताए ।

त्यस्तै महाभारतको लडाईको क्रममा दंगीशरणले पाँच पाण्डवसँग सहयोग मागेकोमा भीमले नै सहयोग गरेको ऐतिहासिक कहानी छ । सोहीबेला भीवाँले रोटी पकाउँदै गरेका बेला तत्काल लडाईमा जानु परेकाले रोटी एकातिर मात्र पाकेको थियो । यसकै स्मरण स्वरूप अटवारीमा पनि पहिलो रोटी नपल्टाईकन एकातिरबाट मात्र पकाएर भीवाँका लागि छुट्याउने चलन कायमै रहेको बुद्धिजीवि चौधरी बताए । उनले यो पर्वलाई विजय उत्सवकोरुपमा पनि मनाउदै आईरहेको बताए ।

उनले यो वर्ष कोरोना महामारीको कारण सरकरले कैलाली जिल्लाभरि निषेधाज्ञा जारी गरेकोले अटवारी ब्रत बसेपनि दिदीबहिनीलाई अग्रासन दिन सम्भव नरहेको बताए ।