सुदूरपश्चिममा आज १७६ जनामा कोरोना पुष्टि, कैलालीमा ८५ मध्ये ३० जना धनगढीका
कैलाली, ५ भदौं । सुदूरपश्चिममा आज १७६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको अनुसार कैलाली ८५, कञ्चनपुरमा १४, अछाममा ३८, डडेलधुरामा २, टोडी ३४ बतैडीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले मिडिया ब्रिफिंगमा जानकारी दिए ।
उनले कोरोना संक्रमणको दर उच्च रहेकोले सबैलाई सचेत रहन अनुरोध गरे । सरकारले निर्णयलाई पालन गरि बिना काम घरबाहिर ननिस्कने, मास्क अनिवार्य लगाउने, सामाजिक दुरी कायम गर्ने र साबुनपानीले हात धोई सरसफाईमा ध्यान दिन आग्रह गरे ।
प्रवक्ता गौतमका अनुसार मुलुकमा ८३८ जनामा संक्रमण पुष्टि छ भने ११ जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा मोरंग, पर्सा, बारा, सप्तरी, चितवन, काठमाडौं, सर्लाही, मकवानपुर, डोल्खा, ललितपुर र प्यूठानका एक एक जना गरि ११ जनाको मृत्यू भएको छ ।
यस्तै सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनगढीमा मात्रै ३० जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।













