‘टीकापुर आन्दोलन ऐतिहासिक विद्रोह हो’

कैलाली, ५ भदौं । थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले टीकापुर आन्दोलन जातिय आन्दोलन नभई सामाजिक र राजनीतिक न्यायकोलागि भएको आन्दोलन रहेको बताए ।

टिकापुर आन्दोलन संस्मरण–२०७७ भर्चुअल मार्फत भएको छलफल थरुहट नेता थारुले सामाजिक, साँस्कृतिक राजनीतिक र संवैधानिक न्याय नहुदासम्म आफुहरुको आन्दोलन जारी राख्ने बताए ।

उनले कोभिड १९ का कारण तय गरेको आन्दोलनका अभियानलाई स्थगित गरिएको बताउँदै समय सापेक्ष अनुसार सशक्तरुपले आन्दोलनमा उत्रिने चेतावनी दिए । लोकतन्त्र गणतन्त्रलाई संस्थागत गर्दै संघीयताको रक्षाकोलागि आदीवसाी, जानजाीत थारु, मधेशी पछाडी पारिएको समुदायको अधिकार स्थापित गर्न आन्दोलनको विकल्प नरहेको बताए ।

यसैगरि थारु कल्याणकारिणी सभाका केन्द्रीय सहमहामन्त्री मिनराज चौधरीले असमन्ता विभेदको विरुद्धमा थारुहरु न्यायको खोजी गर्दै टीकापुर आन्दोलन गरेको बताए । सरकारले मोर्चासंग गरेको सम्झौता कार्यान्वयन नगर्दासम्म आन्दोनल जारी राख्ने तर्क दिए ।

त्यसैगरि मानवअधिकारकर्मी एव नागरिक अगुवा दिलबहादुर चौधरी राज्यपुनसंरचनामा सबैको अधिकार सुनिश्चत हुनुपर्ने बताए । तर विडम्ना थारु समुदायको अधिकार संविधानमा नसमेतिएका अभाषपछि टीकापुर आन्दोलन भएको बताए ।

उनले टीकापुर आन्दोलन ऐतिहासिक विद्रोह रहेको बताउँदै यस्तो विद्रोहलाई सरकारले जातिय विद्रोह नभएर अधिकारकोलागि गरिएको विद्रोह मान्नुपर्ने बताए ।

कार्यक्रमको सहजीकरण लेखक एवं रंगकर्मी प्रणव आकाश र अनुसन्धानकर्ता इन्दु थारुले गरेका थिए । थारु पत्रकार संघ नेपाल र ख्याल बगालको संयुक्त आयोजनामा भएको भर्चुअल कार्यक्रम भईरहेको छ ।