कैलालीमा आज ५० जना संक्रमित थपिए, एउटै स्थानीय तहको तीन कर्मचारीमा संक्रमण
धनगढी, ४ भदौ । कैलालीमा आज ५० जना कोरोना संक्रमित पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ५० जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६९४ नमूना जाँच गर्दा ६४ जनामा संक्रमित पुष्टि भएको छ । संक्रमित मध्ये १४ जना कञ्चनपुरका रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
कैलालीको गौरीगंगामा २६, गोदावरी ११, घोडाघोडीमा १०, भजनीमा ३ र भिमदत्तनगरपालिकामा १४ गरि ६४ जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्टले बताए । उनका अनुसार घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखा र योजना शाखामा कार्यरत एक/एक जना कर्मचारी र एक जना चालकमा कोरोना पुष्टि भएको छ ।
संक्रमित मध्येमा १८ महिला र ४६ जना पुरुष रहेका छन् । यो संगै कैलालीमा सत्र,मितको संख्या एक हजार ४२६ र कञ्चनपुरमा ६२१ पुगेको छ ।













