कोरोनाबाट थप ६ जनाको मृत्यु, ६८१ जनामा संक्रमण पुष्टि
काठमाडौं, ३ भदौं । गएको २४ घण्टामा काठमाडौं उपत्यकामा १५९ सहित देशभर ६८१ जनामा संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यू भएको बताइएएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौमा मात्रै १३४ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।
काठमाडौं पछाडि पर्सामा धेरै संक्रमित थपिएका छन्। पर्सामा १०८ जनामा संक्रमण पुष्टि भएको छ। बुधबार थपिएको सहित संक्रमित संख्या २८ हजार ९३८ पुगेको छ।
गएको २४ घण्टामा १२० जना संक्रमित मात्रै निको भएर घर फर्किएका छन्। अहिलेसम्म १७ हजार सात सय संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले बताएको छ। यो भनेको संक्रमित मध्ये ६१।२ प्रतिशत हो।
गएको २४ घण्टामा एघार हजार ५२२ जनामा पीसीआर रिपोर्ट आएको हो। यो सहित ३८ प्रयोगशालाबाट पाँच लाख ५४ हजार ३८८ जनाको पीसीआर परीक्षण गरिएको छ। अझै एघार हजार ११८ जना उपचारत छन्। त्यस मध्ये सात हजार ९८४ जना संस्थागत र तीन हजार १३१ जना होम आइसोलेसनमा छन्।
बागमती प्रदेशमा धेरै संस्थागत आइसोलेसनमा बसेका छन्। बागमती प्रदेशमा दुई हजार ६८९, प्रदेश २ मा दुई हजार ३७, प्रदेश १ मा एक हजार ६०, गण्डकी प्रदेशमा २८८, प्रदेश ५ मा ८३८, कर्णाली प्रदेशमा २४५ र सुदूरपश्चिम प्रदेशमा ८३० जना छन्। यस्तै होम आइसोलेसन बस्नेमा प्रदेश १ मा २०५, प्रदेश २ मा २५४, बागमती प्रदेशमा १११, गण्डकी प्रदेशमा २७, प्रदेश ५ मा २०४, कर्णाली प्रदेशमा ११ र सदूरपश्चिम प्रदेशमा २८ जना छन्।
बुधबार थप ६ जनाको मृत्यु भएको छ। मंगलबार सात जनाको मृत्यु भएको थियो। अहिलेसम्म संक्रमणबाट १२० जनाको मृत्यु भइसकेको छ। हिमालखबरबाट













