धनगढीका उद्योगपति दानपालीको निधन

धनगढी, २ भदौ । धनगढीका आल्मोनियम उद्योगपति विष्णु दानपालीको आज विहान ७ बजे निधन भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ३ निवासी उद्योगपति दानपानीको ४९ वर्षको उमेरमा निधन भएको हो।

एमबिएल स्टिल एण्ड आल्मोनियम उद्योगका सञ्चालक दानपाली विगत दुई वर्षदेखि क्यान्सरबाट पीडित विभिन्न ठाउँमा क्यान्सर रोगको उपचार गराउँदै आएका थिए । उनलाई अन्तिम अवस्थामा घरमै अराम गर्न डाक्टरले सल्लाह दिएको आफन्तले बताए ।

दानपालीका दुई छोरी र एक छोरा रहेका छन् ।