मोटरसाईकलमा काठ तस्करी, दुईजना जना पक्राउ
कैलाली, १ भदौं । कैलालीको धनगढी उपमहानगरपालिका ११ बेला बस्ने नन्दलाल रानाले से २ प १५२५ नम्बरको मोटरसाईकलमा १४ थान सालको झयाल पल्ला तस्कर गर्दैगरेको अवस्थामा पक्राउ परेका छन् । उनको घरमा समेत तलासी गर्दा थप काठ फेला परेको प्रहरी प्रवक्ता डिएसपी ज्ञान बहादुर विष्टले बताए।
उनले चोरीको काठ सहित आइतबार २ जनालाई पक्राउ गरेको बताए । पक्राउ पर्नेमा राना र सोही ठाउँको ३६ वर्षीय मुन्ना चौधरीले गोदावरी न.पा. ९ स्थित भित्रि सडक खण्डमा राँगा डल्लवमा ३ गोलिया साल जातको काठ बोकी सिद्धार्थ फर्निचर उद्योगमा लगी रहेको अवस्थामा फेलापारि काठ, राँगा, डल्लव सहित उनलाई पक्राउ गरिएको डिएसपी विष्टले बताए।

उनले २ सय ६५ थान झ्यालको पल्ला, थान २ थान तयारी ढोका तथा ४ थान झ्यालको फ्रेम, ३ गोलिया सालको काठ, सिसमको ८१ थान कडी, ९१ थान फ्रेम, १६ थानको सालको कडी र २२ थान फ्रेम बरामद गरिएको बताए । बरामद गरिएको काठ र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागी डिभिजन वन कार्यालय कैलालीमा बुझाइएको छ।













