सुत्केरी तथा गर्भवती महिलालाई पौष्टिक आहार

धनगढी, ३२ साउन । कोरोना भाईरस ( कोभिड–१९) महामारीको बेला गर्भवती तथा सुत्केरी महिलालाई दलित महिला अधिकार मञ्च नेपालले पौष्टिक आहार वितरण गरेको छ ।

मञ्चका अध्यक्ष सावित्रा घिमिरेले बन्दाबन्दीको अधिकांश सुत्केरी तथा गर्भवती महिलाहरु पोषिलो खानेकुरा खानाबाट बञ्चित भएको बताए । संकटका बेला सुत्केरी तथा गर्भवती महिला, बालबालिक, जेष्ठ नागरिक र अपांगता भएको व्यक्तिहरु सबै भन्दा बढि जोखिममा परेको बताईन् ।

उनले जोखिमलाई मध्य नजर गरि नयाँ जन्मिने बच्चा कुपोषणबाट जोगियोस् भन्ने उदेश्यले पौष्टिक आहार वितरण गरिएको बताईन् । मञ्चले कैलारी गाउँपालिका र गौरीगंगा नगरपालिकाभित्र बन्दाबन्दीको अवधिमा सुत्केरी तथा गर्भवती भएका महिलाहरुको तथ्याङक संकलन गरि ३५० जना महिलाहरुलाई अण्डा, ध्यू, सुजी, बदाम, काजु, हरलिक्स र साबुन स्याम्फू दिएको अध्यक्ष घिमिरेले बताईन् ।

दलित महिला अधिकार मञ्च नेपालले डिसिएको आर्थिक सहयोगमा विगत तीनवर्षदेखि उक्त क्षेत्रका महिला, दलित तथा सिमान्तकृत समुदायको हक, अधिकारको विषयमा वकालत तथा पैरबी, महिलाहरुको न्यायमा पहँच, निशुल्क कानूनी सहायता तथा महिलाहरुलाई आर्थिकरुपले बलियो बनाउन जिविकोपार्जन तर्फ काम गर्दै आएको छ ।

कोभिड–१९ले गर्दा सम्पूर्ण कार्यक्रमलाई परिमार्जन गरि सरकारको निर्णयलाई पालन गर्दै जोखिममा परेकाहरुलाई राहत, कृषिमा सहयोग जस्ता कार्यक्रम गर्दै आईरहेको अध्यक्ष घिमिरेले जानकारी दिईन् । उनले स्थानीय सरकारसंगको समन्वय र सहकार्यमा काम गर्दै आईरहेको बताईन्