बाढीले छटकपुर बसन्ताको काठे पूल बगाउँदा आवागमनमा समस्या

धनगढी, २९ साउन । यहि साउन २५ र २६ गते आएको बाढीले कैलारी गाउँपालिका वडा नं. ७ छटकपुर बसन्ताको काठेपुल बगाउदा स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।

बसन्ता र तिघरी, सिउपुर जोड्ने कटैनी नदिको काठेपुल बगाएपछि आवागमनमा समस्या भएको वडा अध्यक्ष कमल प्रसाद चौधरीले जानकारी दिए । यस अघि साउन १४ गते आएको आएको बाढीले बर्का बसन्ताको काठेपुल बगाएको थियो ।

वडाको बसन्ता र नारायणपुर, रतनपुर जोड्ने कटैनी नदिको काठेपुल बगाए पछि नारायणपूर, रतनपुर, मोहनपुर लगायत स्थानीयहरुको वडा कार्यालय, स्वास्थ्यचौकीमा आउन समस्या देखिएको छ । पुल बगाएपछि त्यहाँका स्थानीयहरु पक्कीपुल बनाउन माग गरेका छन् ।